काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । संविधान संशाेधनमाथि छलफल चलिरहेका बेला ओलीले संसदमा सम्बाेधनकाे तयारी गरेका हुन् ।
संसदकाे बैठक आज बिहान ११ बजे बस्दैछ । संसदमा मंगलबार संविधान संशाेधनकाे प्रस्ताव पेश भएकाे छ । साे प्रस्तावमा सामान्य छलफल सकिएकाे छ ।
संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।
संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।











प्रतिक्रिया