दार्चुला, २९ फागुन । प्रेम सम्बन्धले मान्छेलाई जस्तोसुकै कदम उठाउन पनि बाध्य पार्छ । दार्चुलाका एक युवकले पनि यस्तै कदम उठाएका छन् ।
प्रहरीका अनुसार दार्चुलाको लेकम क्षेत्रमा पर्ने मालीकार्जुन गाविस–६ मा ती युवक रुखमा झुण्डिएका छन् ।
प्रेम सम्बन्धमा परिवारको साथ नपाएपछि दार्चुलाको मालीकार्जुन–६ का २६ वर्षीय ललितसिंह धामीले रुखमा झण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सुरुमा मृत फेला परेका धामीमाथि थप अनुसन्धानमा प्रहरीले प्रेम सम्बन्ध परिवारले अस्वीकार गरेपछि रुखमा झुण्डिएर आत्महत्या गरेको जनाएको हो ।
बुधबार घर नजिकैको रुखमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छिमेकी युवतीसंग उनको प्रेम सम्बन्ध रहेको थियो ।















प्रतिक्रिया