
काठमाडौँ, २७ जेठ । सोमबार राती रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा भएको ५ जनाको हत्या मदिरा खुवाएर भएको खुलासा भएको छ ।
घटनाका आरोपित ३२ वषीय झपेन्द्र सिंजालीले मदिरा खुवाएर आफूले हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
कोदालो प्रहार गरेर ४ जनाको हत्या गरिएको थियो । गंगादेवी पशु फार्ममा कार्यरत स्थानीय ४० वर्षका माधव मुसहर, उनकी श्रीमती ३७ वर्षकी जानकी मुसहर, कोषराज मुसहर र बाहिरबाट आएर रातिसँगै बसेका स्थानीय किशोर करन चौधरी र आशिष चौधरीको सामूहिक हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रपन्देहीका अनुसार सधैँ राति ३ बजे फार्मको काम गर्न उठाउने गरेको र त्यही झोँकमा सिंजालीले उनीहरुको हत्या गरेको बयान दिएको जनाएको छ ।
फर्मको काम रेखदेख गर्ने मुसहर दम्पतीले आफूलाई धेरै काम लगाउने गरेको रिसमा टन्न रक्सी खुवाएर हत्या गरिएको हुन सक्ने आशंका सिंजालीको बयानका आधारमा प्रहरीले गरेको छ ।















प्रतिक्रिया