
काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभा बैठकमा संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएको थियो । छलफलछि सभामुख अग्निप्रसादा सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज सुनिएन ।
उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव गरेकी थिइन् । सत्तापक्ष तथा प्रतिपक्ष सांसदहरुले समर्थन गरेकोमा उनले खुशी व्यक्त गरेकी थिइन् ।















प्रतिक्रिया