
काठमाडौँ, २७ जेठ । सिरहाका २० जना संक्रमित कोरोनामुक्त भएका छन् । मंगलबार उनीहरुको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।
धनगढीमाई नगरपालिका ११ स्थित छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई पुष्पगुच्छा तथा संक्रमणमुक्त भएको प्रमाणपत्र प्रदान गरेर विदा गरियो ।
उनीहरुलाई प्रशासनले घरसम्मै पुर्याइदिएको छ ।
उनीहरु अझै १४ दिनका लागि होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रशासनले जनाएको छ ।















प्रतिक्रिया