
काठमाडौँ, २७ जेठ । कैलालीमा ३ जना बालिकामाथि बलात्कारको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१४ वर्षीया ३ जना बालिकामाथि मंगलबार बिहान टीकापुर नगरपालिका १ स्थित रानीकुलो किनारमा जबरजस्तीकरणी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरील टोलीले आरोपीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई कैलाली जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया