
काठमाडौँ, २७ जेठ । भक्तपुर अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक घर भएकी एक जना सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको छ ।
चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने उनलाई सुत्केरी बेथा लागेपछि आइतबार साँझ अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी भएको आधा घन्टामा नै मृत्यु भएपछि कोरोना संक्रमणको आशंका गरिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको थियो ।
आरडीटी र पिसीआर परिक्षणका क्रममा मृतक महिलामा कोरोना नदेखिएको बताइएको छ । अस्पताल आउँदा ती महिलामा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । केएमसीमा नियमित चेकजाँच गरिरहेकी थिइन् । उनलाई आइतबार साँझ भक्तपुर अस्पतालमा लगिएको थियो ।











प्रतिक्रिया