७ मंसिर २०८३, सोमबार

सरितालाई समानुपातिक सांसद बनाउने जनता समाजवादी लिम्पियाधुरासहितको नक्साको पक्षमा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेपालको नक्शामा समेटिएका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे भारतसँग सोध्नुपर्ने भन्दै सदनमा आवाज उठाउने सरिता गिरीलाई समानुपातिक सांसद बनाउने जनता समाजवादी पार्टी सरकारले ल्याएको संविधान संशोधनको पक्षमा उभिएको छ ।

भूगोलको विषयमा राष्ट्रको अडानमा कुनै सम्झौता नहुने भन्दै त्यस दलका सचेतक लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले सदनमा संविधान संशोधनको पक्षमा उभिने बताएका हुन् । नयाँ नक्शासहितको निशानछाप सरकारले प्रयोगमा ल्याएपछि त्यसको अनुमोदन गर्नका लागि सदनमा संविधान संशोधन विधयेक दर्ता भएको थियो ।

जनता समाजवादी संस्थागत रुपमा नै संविधान संशोधनको पक्षमा उभिएपछि सर्वसम्मत रुपमा मुलुकको सीमाका विषयमा राष्ट्रिय सहमति देखिने प्रष्ट छ । ‘राष्ट्रियताको सवालमा हाम्रा आन्तरिक विषयको जस्तो मतभेद हुँदैन’, सदनमा श्रेष्ठले मंगलबार भनेका थिए ।