४ कार्तिक २०८३, बुधबार

संविधान संशोधनमा सरकारलाई सबै दलको साथ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारको समर्थन गरेका छन् ।

अहिलेसम्म आधिकारिक धारणा नबनाएको जनता समाजवादी पार्टीले समेत सरकारको समर्थन गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेकी हुन् ।

छलफलमा भाग लिदै सांसदहरुले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताए ।