
काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालीन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेमाथि करिब ५ कराडको भ्रष्टाचार मुद्दा चलाएको छ ।
उनी २०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिरमा थिए । उक्त अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।
त्यस्तै उनले जागरिकै अवधिमा भक्तपुर र काभ्रेमा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेका थिए ।
त्यस क्रममा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाई जग्गाधनीहरुबाट वास्तविक कारोबारको रकम भुक्तानी लिएको जग्गा बिक्रेताको बयान र बैंक स्टेटमेन्टबाट देखिएको अख्तियारले जनाएको छ ।
उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्तियारले बताएको छ । जबकी १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा उनको वैध आय हुनुपर्छ ।
अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ ।
त्यस्तै, स्रोत नखुलेको सम्पति जफत गर्न पनि माग गरिएको छ ।















प्रतिक्रिया