४ कार्तिक २०८३, बुधबार

७२ जिल्लामा फैलियो कोरोना, मंगलबार कुन जिल्लामा कति थपिए ?

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थप एक जनाको कोरोनाले मृत्यु भएको छ । मंगलबार थपिएकामा ३१ महिला र २९२ पुरुष रहेका प्रवक्ता गौतमले जनाए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भए परीक्षणमा ३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, कोशी अस्पतालमा भएको परीक्षणमा पहिलोपटक इलामका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका १ र सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतुपरमा गरिएको परीक्षणमा चितवनका २४, नवलपुरका ३, धादिङका १, कपिलवस्तुका १ र सप्तरीका एक जनामा पनि कोरोना संक्रमण भेटिएको उनले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, नवलपरासीका १२ र बाग्लुङका ११ जनामा कोरवना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१, महोत्तरीका १९ र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनामा संक्रमण देखिएको छ ।

सुर्खेतको प्रयोगशालामा सल्यानका १२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन्। सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १०, कञ्चनपुरका १९, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देहीका २२ जना र कपिलवस्तुका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषामा २४, कपिलवस्तुका ७, महोत्तरीका ३१, नवलपरासी पश्चिमका १२ जना, नुवाकोटका २ जना, रौतहटका २१ जना, सर्लाहीका १६ र सिराहाका १२ जनामा पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालका ७२ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । थप ९६ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संखया ५ सय ८४ पुगेको छ ।