
काठमाडौँ, २७ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने यसको कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतभमका अनुसार चितवन भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको हो प्रवक्ता गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए ।
सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ आएको थियो । यसअघि १४ जनाको कोरोनाले गर्दा मृत्यु भइसकेको छ ।
त्यस्तै, मंगलबार थप ९६ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया