४ कार्तिक २०८३, बुधबार

कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । कर्णाली प्रदेशका थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

नयाँ संक्रमितहरु सल्यानमा १३, सुर्खेतमा ५ र जुम्लामा २ जनामा कोरोनाभाइरस पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

उनीहरुको सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

थपिएका संक्रमितहरूमध्ये सुर्खेत विरेन्द्रनगर नगरपालिका १२ का एक २ वर्षीय बालक पनि रहेका छन् । त्यस्तै ३ जना महिला रहेका छन् ।

यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ७१ पुगेको छ ।

प्रदेशमा ११ जना संक्रमित निको भएका छन् भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।