४ कार्तिक २०८३, बुधबार

विद्यालयदेखि विश्वविद्यालयसम्मको परीक्षा उपयुक्त समयमा गरिन्छ : शिक्षामन्त्री पोखरेल

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २७ जेठ । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले कोरोनाभाइरसका कारण स्थगित भएको परीक्षा अब धेरै दिन अन्यौल नरहने जनाएका छन् ।

मंगलबार संसदमा सांसदहरुको प्रश्नहरुको जवाफ दिने क्रममा उनले कक्षा १० देखि विभिन्न तहका स्थगित परीक्षाबारे मन्त्रालयले चाँडै नै योजना सार्वजनिक गर्ने बताएका हुन् ।

‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०, ११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा भएको अन्योलतालाई सरकारले तत्काल स्पष्ट पार्नेछ’, मन्त्री पोखरेल भने ।

उनले विद्यालय, स्नातक र स्नाकोत्तर सबै तहका अन्तिम परीक्षाहरु केही समय कुरेर भएपनि उपयुक्त समयमा सञ्चालन गरिने जनाए ।

उनले हाल पहिलो सेमेस्टर सकेकालाई परीक्षा नलिई अर्को सेमेस्टरमा लगेर पनि पढाई सुरु गर्ने र उपयुक्त समयमा उनीहरुको परीक्षा लिने व्यवस्था मिलाउने बताए ।

शैक्षिक सत्र क्षति हुन नदिन अन्तिम गृहकार्य भइरहेको पनि मन्त्री पोखरेलको भनाइ छ । उनले सिकाइ निरन्तरता सम्बन्धी निर्देशिका जारी गरेको भन्दै कोरोनाले परम्परागत शिक्षाको सिमिततालाई उजगार गरिदिएको भन्दै अर्कातिर यसले शिक्षा क्षेत्रमा केही अवसर सिर्जना गरेको पनि दावी गरे ।