३ कार्तिक २०८३, मंगलबार

घुससहित रंगेहात पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghusकाठमाडौँ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगका पक्राउ परेका जिल्ला वन कार्यालय बागलुङका वन अधिकृत र सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार जिल्ला वन कार्यालय बाग्लुङका वन अधिकृत सरोजकुमार पाण्डे र सहायक वन अधिकृत टीकाराम पन्थले अवैध काठको मुद्दा किनारा लगाउन र काठ व्यवसायलाई निरन्तरता दिनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस मागेका थिए ।

उनीहरूले सेवाग्राहीसँग लिएको घुस स्थानीय यमप्रसाद रिजाललाई राख्न दिएको अवस्थामा आयोगले बरामद गरेको थियो । आयोगले वन अधिकृत र सहायक वन अधिकृत दुवैलाई रु २५ हजार बिगोसहित हदैसम्मको कारबाहीको माग गरेको छ ।

रकम राख्न दिएका रिजालले भने आफूबाट गल्ती भएको स्वीकार गरि अनुसन्धान प्रक्रियामा सहयोग गरेका कारण साक्षीको रुपमा लिई सजाय छुट दिन समेत विशेष अदालतलाई आग्रह गरिएको आयोगले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा कार्यरत क्षयकुष्ठ अधिकृत महेश साहले सेवा प्रवेशको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साहले पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटनाअन्तर्गतबाट सन् १९८८ मा प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र अनुसन्धानको क्रममा नक्कली देखिएको हो ।