७ मंसिर २०८३, सोमबार

धरानबाट २८ जना काेराेना संक्रमित घर फर्किए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २७ जेठ । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस संक्रमण मुक्त भएर २८ जना घर फर्किएका छन् ।

प्रतिष्ठानले मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण मुक्त भएर मानिसहरु डिस्चार्ज भएको जनाएको छ ।

उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् । प्रवक्ता डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेमा सबै झापाका १८ वर्षदेखि ५६ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

प्रतिष्ठानमा हाल ५५ जना कोभिड–१९ का बिरामी छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।