३ कार्तिक २०८३, मंगलबार

करेन्ट लागेर महिलाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २९ फागुन । एक महिलाको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

कञ्चनपुरको महाकालीपारी दोधारा–चादँनी नगरपालिका– १ भूमिराज टोलकी २८ वर्षीया दुर्गादेवी गिरीको घरमा टेलिभिजन बन्द गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

गाउँमा रहेको विद्युत्को हाइटेन्सन लाइनमा आगलागी भएपछि उनी घरमा चलाएको टेलिभिजन बन्द गर्न गएका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय दोधारा–चादँनीले जनाएको छ ।