४ कार्तिक २०८३, बुधबार

कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयले गरे अवरोध, प्रहरीद्धारा लाठी चार्ज

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ जेठ । कोरोना भाइरसको संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्नु परेको छ ।

शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको हो ।

घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकालाई र व्यवस्थापन गर्ने जिम्मा भगवती दल गणलाई दिइएको थियो । सेती नदीस्थित रिठ्ठे घाटमा नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए ।

तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । नेपाली सेनाको टोलीले शव लैजान खोज्दा पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

श्रीमानको शव हेर्न उनकी श्रीमती छोरीसहित दिउँसै अस्पताल पुगेका थिए । यस घटनाले उनीहरुलाई थप पीडा भएको छ । विषम परिस्थितिको महसुस सबैले गर्नुपर्ने हुन्छ ।