४ कार्तिक २०८३, बुधबार

भक्तपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । भक्तपुर अस्पतालमा सिन्धुपाल्चोक घर भएकी एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

उनी हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने गर्थिन् । सुत्केरी हुन आइतबार साँझ अस्पतालमा भर्ना भएकी उनी सुत्केरी भएको आधा घण्टामा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुत्केरी महिलाको मृत्युपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।

अस्पताल आउँदा ती महिलामा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।

मृतक महिलाको कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षणका लागि ‘स्वाब’ को नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ । महिलाको शव अस्पतालमै राखिएको छ ।

केएमसीमा नियमित चेकजाँच गरिरहेकी थिइन् । उनलाई आइतबार साँझ भक्तपुर अस्पतालमा लगिएको थियो ।