४ कार्तिक २०८३, बुधबार

अर्घाखाँचीमा एकै दिनमा ३१ जनामा कोरोना पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २६ जेठ । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताउनुभयो । –रासस