
काठमाडौँ, २६ जेठ । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितहरु दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
संक्रमितहरु दैलेखको गुराँस गाउँपालिका ४ र डुङ्गेश्वर गाउँपालिकाका दुई दुईजना पुरुष रहेका छन् । त्यस्तै, नारायण नगरपालिका, नौमुले गाउँपालिका र आठबीस नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।
त्यसैगरी, सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका ३ जना पुरुष, कुमाख गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका १० का युवक हुन् ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ जना पुगेका छन् ।















प्रतिक्रिया