४ कार्तिक २०८३, बुधबार

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सल्यान, २६ जेठ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिलाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका उनका श्रीमान ३८ वर्षीय डिल्ली बहादुर घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।