
काठमाडौं, २६ जेठ । बारा जिल्लामा एक तीन बर्षिया बालिकासहित ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण देखिएको हो ।
संक्रमितलाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा लगिएको छ । भारतबाट आई हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो । ति मध्येका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।











प्रतिक्रिया