७ मंसिर २०८३, सोमबार

पर्सामा फेरि थपिए ८ कोरोना भाइरस संक्रमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । पर्सामा थप फेरि ८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएका सबै जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जना मध्ये ८ जनामा संक्रमण देखिएको हो ।

संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पतालमा राखिनेछ ।