१२ कार्तिक २०८३, बिहिबार

जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर सहमति हुँदैन : सञ्चारमन्त्री रिजाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendraइलाम, २९ फागुन । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जनताले दिएको अभिमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले जनताले दिएको दुई तिहाई बहुमतलाई आधार मानेर संविधान जारी हुने बताउनुभयो ।

उहाँले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा सहमतिका साथ अघि बढिरहेकाले अहिले पनि सहमतिबाटै निकास खोज्न लागिरहेको छ भन्नुभयो ।

विपक्षी दलसँग आज वार्ता हुने र त्यो वार्ताबाट वर्तमान गतिरोध अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एमाओवादी र मधेसवादी दलका कारण माघ ८ मा संविधान बन्न नसकेको उल्लेख गर्दै मन्त्री रिजालले विपक्षी दल पनि केही लचक भए सहमति हुन्छ भन्नुभयो ।

अब केही दिनमै पत्रकार र पत्रकारिताको विकासका लागि आमसञ्चार नीति ल्याउने तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले छलफलको विषय बनेको छ, सबै सञ्चार माध्यमले दिएको सल्लाह र सुझावका आधारमा सरकारले आमसञ्चार नीति ल्याउँछ ।” रासस