७ मंसिर २०८३, सोमबार

प्रहरी हस्तक्षेप बाबजुद दाङमा शिव सैनिकको राँके प्रदर्शन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ जेठ । लक डाउनका बेला प्रहरी हस्तक्षेप बाबजुद दाङको तुलसीपुरमा शिव सेना नेपालले आइतबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।

देशव्यापी रुपमा विभिन्न जिल्लामा ‘राजसंस्था र हिन्दू धर्म’को पक्षमा जुलुस निकालिरहेका शिव सैनिकहरूले ठूलो संख्यामा सदरमुकाममा राँके जुलुस प्रदर्शन गरेका हुन् ।

राजसंस्था जिन्दावाद, राजसंस्था पुनस्र्थापना गरौं, देश जोगाऔं, गणतन्त्र मुर्दावादजस्ता नारा लगाउँदै शिव सैनिकहरुको राँके जुलुसले नगर परिक्रमा गरेको थियो ।

शिव सेना नेपालका दाङका अध्यक्ष देवीराम भण्डारीको सहयोग, उपाध्यक्ष अशितव लामिछानेको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।

‘जिल्लाका नेताको अगुवाईमा स्वत स्फूर्त रुपमा जुलुस निकालिएको छ । प्रहरीको हस्तक्षेप भए पनि जुलुस रोकिएन’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘यो राजसंस्था र हिन्दूत्वको रक्षाका निम्ति गरिएको काम हो ।’

देशभर शृंखलाबद्धरुपमा राँके जुलुस निकालिरहेका छन् । उनीहरुले केही दिन अघि नवलपरासी, पाल्पा, रुपन्देहीमा पनि राँके जुलुस निकालेका थिए ।

शनिबार साँझ पनि सुनसरीको इटहरीमा यस्तै प्रकारको जुलुस प्रदर्शन गरिएको थियो ।