
काठमाडौँ, २५ जेठ । पश्चिम नवलपरासीको भारतीय सिमानाका बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएका हुन् । सशस्त्र प्रहरीले प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोकेपछि झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाइ फायरसमेत गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल भारत सीमा बन्द भएको लकडाउनको अवस्थामा भन्सार छल गरेर ल्याउँदै गरेको सामानलाई रोक्न खोज्दा झडप भएको जनाइएको छ ।
स्थानीयले चौकी भत्काउन खोजेपछि हवाई फायर गर्नु परेको थियो । स्थानीयको ढुंगामुढा प्रहारले सशस्त्र प्रहरीका ६ जना घाइते भएका हुन् । स्थानीयले खेतीका लागि रासायनिक मल ल्याउँदा रोकिएको जनाएका छन् ।















प्रतिक्रिया