
काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमलाई तोकिएको छ ।
गौतम हालै स्वास्थ्य मन्त्रालयमा सरुवा भएका हुन् । गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयले जनाएको छ ।
यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख रहेका अब मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।
हाल रहेका प्रवक्ता डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मा दिइएको छ । उनी कोरोना महामारी हुनुभन्दा अघिदेखि मन्त्रालयको प्रवक्ता रहेका थिए ।















प्रतिक्रिया