४ कार्तिक २०८३, बुधबार

उड्डयन प्राधिकरणले रोक्यो चार्टर उडान, ज्वरो आएकाले उड्न नपाउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानमा रोक लगाएको छ ।

केही ट्राभल एण्ड टुर्स कम्पनीहरूले मनलाग्दी भाडा उठाएर अन्तर्राष्ट्रिय उडान चार्टर गर्न थालेपछि प्राधिकरणले चार्टरमा रोक लगाएको हो ।

एक सूचना जारी गर्दै प्राधिकरणले कूटनीतिक नियोगले गरेको आग्रह बाहेक अन्य चार्टर उडान नगर्न र टिकट बुकिङ पनि बन्द गर्न रोक लगाइएको प्राधिकरणका एअर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले जानकारी दिए ।

गत ९ चैत यता १ सय १० अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएकै समयमा ट्राभल एजेन्सीहरूले अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, जापान, हङकङलगयातका देशमा नेपालबाट यात्रु पठाएका थिए ।

चार्टर गरिएको उडानमा अमेरिकालगायत अन्य मुलुकको भाडा दोब्बरभन्दा बढी उठाएर टिकट गरिएको थयो ।

त्यस्तै, प्राधिकरणले हवाई उडानका लागि निर्देशिका जारी गरेको छ । जसमा रूघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएका यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् ।

त्यसैगरी, ७० वर्षभन्दा माथि, गर्भवती र गम्भीर स्वास्थ्य समस्या रहेका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाई यात्रा नगर्न प्राधिकरणले सुझाव दिएको छ ।

त्यस्तै, निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै कोभिड १९ को स्वःघोषणा पत्रसमेत भर्नुपर्नेछ । त्यसमा यात्रुले कोभिड जाँच गरेर नगरेको तथा स्वास्थ्य समस्या भएरनभएको विवरण उल्लेख भएका हुन्छन् । यात्रुले जस्तै विमानका कर्मचारीले पनि त्यस्तो स्वःघोषणा पत्र भर्नुपर्ने हुन्छ ।