इटहरी, २९ । इटहरी र धरान उपमहानगरपालिकाबीचको चारकोसे जङ्गल क्षेत्रमा जङ्गली जनावर बँदेल हरिणलगायत जीवजन्तुको चोरी शिकार गरिरहेको अवस्थामा फेला परेका शिकारीको समूहमध्येका दुई जनालाई बिहीबार पक्राउ गरिएको छ ।
चारकोसे जङ्गल क्षेत्रमा भरुवा बन्दुकसहित जङ्गली जनावरको शिकार भइरहेको छ भन्ने सुराकीका आधारमा सेक्टर वन कार्यालय धरान तीनकुनेका वन रक्षकको टोली सो स्थानमा पुग्दा दोहोरो गोली हानाहान भएपछि हतियारधारी शिकारी समूह भने भाग्न सफल भएका थिए ।
गोली हान्दै हातमा बन्दुक भएका भागेको र केहीलाई भने आफूहरु पक्राउ गर्न सफल भएको सेक्टर वन कार्यालयले जनाएको छ ।
पक्राउ परेका नरबहादुर श्रेष्ठ र जिराधन राईलाई कारबाहीका लागि सेक्टर वन कार्यालय तरहरामा राखिएको सहायक वन अधिकृत पिताम्वर दासले जानकारी दिनुभयो ।















प्रतिक्रिया