७ मंसिर २०८३, सोमबार

नेकपा सचिवालय सोमबार दिउँसो, एमसीसीबारे निर्णय गरिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । बजेटमा आइसकेको अमेरिकी मिलिनियम च्यालेन्स कर्पोरेनश (एमसीसी) सम्झौताबारे निर्णय लिन नेपाल कम्युनिस्ट पार्टीले सोमबार दिउँसो सचिवालयको बैठक डाकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि डाकिएको बैठकमा सहमति हुन नसकेको एमसीसी सम्झौता बारेको ठोस निर्णय हुने बताइएको छ ।

उक्त सम्झौता सदनमा दर्ता भएको छ भने पारित गर्नका लागि नेकपाभित्रै मतभेद रहेकाले समस्या परिरहेको छ । नेपाली कांग्रेस भने उक्त सहमति कार्यान्वयनका लागि सहयोगी बन्ने निश्चित भइसकेको छ । नेकपाभित्र संस्थागत निर्णय भए एमसीसी पास हुनेछ ।