७ मंसिर २०८३, सोमबार

नेकपालाई उछिनेर तीन अध्यक्ष बनाउने जनता समाजवादीको निर्णय, महतो र राई समान दुई भाई 

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । समाजवादी र राष्ट्रिय जनता पार्टीको एकीकरण तीन अध्यक्षसहित ५ पदाधिकारीमा टुंगो लागेसँगै जनता समाजवादी दल दर्ता प्रक्रिया अघि बढेको छ ।

उच्च स्रोतका अनुसार नेतृत्वमा देखिएको विवाद समाधानका निम्ति ५ पदाधिकारीमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहनेछन् भने त्यसपछिको समान वयितामा राजेन्द्र महतो र असोक राईको नाम टुंगो लागेको छ ।

निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा भएपछि अन्य पदाधिकारी, केन्द्रीय सदस्य र जिम्मेवारीका विषयमा पार्टीले टुंगो लगाउने निश्चित भएको छ ।

जनता समाजवादीले नेकपाको दुई अध्यक्षात्मक अवस्थालाई पनि उछिनेर तीन अध्यक्ष बनाउने सहमति गरेको छ । यस्तो सहमति राप्रपामा पनि देखिएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था अनुसारै दल दर्ताको निवेदन आइतबार पेस हुँदैछ । शनिबार नै ४५ दिन पुगे पनि विदा परेका कारण जनता समाजवादीलाई दर्तामा समस्या नहुने देखिएको छ ।