
गाईघाट, २५ जेठ । प्रदेश–१ को उदयपुर जिल्लाका दुई नगरपालिकाका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष रहेका छन् । सिवाई गाईघाट र बेल्टारको नजिक पर्छ ।
उता वेलका नगरपालिकाका २ जना पनि क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । उनीहरूलाई मोरङको गोठगाउँस्थित क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकामा कोरोना संक्रमित देखिएका थिए ।











प्रतिक्रिया