७ मंसिर २०८३, सोमबार

बैतडीको क्वारेन्टाइनमा ३१ बर्षिय पुरुषको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।

भारतको बैंगलोरबाट शनिबार बिहान आइपुगेका उनको राती ९ बजे मृत्यु भएको बताइएको छ । बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ । भारतबाट सँगै आएका मृतकका सहोदर भाइले आफूहरु सुरक्षित स्थानबाट सुरक्षित भएर आएको बताउँदै कोरोना नभएको दाबी गरेका छन् । मृतकसँगै उनका भाइ, अन्य १३ जना एउटै गाडीमा आएका थिए ।