३ कार्तिक २०८३, मंगलबार

स्थानीयवासी फोहोर पानी पिउन बाध्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pani Kuwa Inarभीमदत्तनगर, २९ फागुन । बैतडीको सकारमा खानेपानीको लागि एक घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।

सकार गाविस–५ का स्थानीय बासिन्दा एक गाग्री पानी ल्याउन एक घण्टाको पैदल हिँडेर सुर्नायागाडको फोहोर पानी ल्याएर खान बाध्य छन् ।

उक्त वडाका टोलहरूमा तीन वटा पानीका धारा भएपनि गर्मी मौसम सुरु भएसँगै धारामा पानी आउन नै छोडेपछि स्थानीय बासिन्दा लामो पैदल हिँडेर खोलाको फोहोर पानी ल्याई पिउन बाध्य भएका हुन् ।

एक घण्टा हिँडेर ल्याएको पानी पिउनलाई समेत नपुग्ने भएपछि पशुचौपाया र चर्पी प्रयोगका साथै दैनिक सरसफाइमा समेत कठिनाइ भएको स्थानीय ओमप्रसाद भट्टराईले बताउनुभयो ।