७ मंसिर २०८३, सोमबार

क्वारेन्टिनमा बसेका डोटीका युवकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २५ जेठ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवाको मृत्यु भएको छ ।

केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेवीमा सात दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टका अनुसार आइतबार बिहान सीताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा ती युवकको मृत्यु भएको बताए । उनी भारतको लुधियानाबाट फर्किएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए। उनी मुटुको रोगी रहेको बताइएको छ ।

उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना रहेका छन् । मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।