रसुवा, २५ जेठ । रसुवा जिल्लामा पीसीआर रिपाेर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टिनमा नै बस्नुपर्ने भएको छ ।
शंका लागेकाहरूकाे शुरूमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपाेर्ट नेगेटिभ आए पनि क्वरेन्टिनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
कोरोना सङ्क्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपाेर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टिन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए ।
जिल्लामा हालसम्म ४ सय ८७ जनाको आरडीटी गरिएको छ । हालसम्म जिल्लाबाट २७ जनाको स्वाब संकलन गरेर आरटी–पीसीआरका लागि प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपाेर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।











प्रतिक्रिया