
काठमाडौँ, २४ जेठ । उपत्यकामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार नियमित पत्रकार सम्मलेनमा भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौँ महानगरका ४ जनामा संक्रमित थपिएका जानकारी दिएका हुन् ।
काठमाडौँका संक्रमितमा ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको हो ।
नेपालमा शनिबार एकै दिनमा ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको छ ।
त्यस्तै, ३ सय ६५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने शनिबार थप २ जनासहित १३ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया