
काठमाडौँ, २४ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ जना पुगेको छ ।
शनिबार मात्रै ३ सय २३ जना थप संक्रमित थपिएका हुन् । जसमध्ये ३७ जना महिला रहेका छन् भने अन्य पुरुष हुन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २ र सुनसरीका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । सप्तरीका एक जनामा संक्रमित भेटिएका छन् । उनको कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।
त्यस्तै, नवलपरासीका ३ जनामा संक्रमण देखिएको छ । उनीहरुको भरतपुर अस्पतालमा परीक्षण गरिएको थियो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको कास्कीका ३ जना, स्याङ्जाका १० जना, बाग्लुङका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै धरानस्थित बिपिकेआइएचएसको प्रयोगशालामा सुनसरीका १ र सप्तरीका ७ जनामा पनि कोरोना पोजेटिभ आएको छ ।
सेती अस्पतालको प्रयोगशालामा बझाङका ६ जना, कञ्चनपुरका २, अछामका १ जना, कैलालीका २ जना, डडेल्धुराका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका ४३ जना र डोल्पाका १ जनामा पनि कोरोना पोजेटिभ आएको जनाकारी मन्त्रालयले दिएको छ ।
सुर्खेतको प्रयोगशालामा दैलेखका ४, सुर्खेतका १० जना, जाजरकोटका ४ जना, सल्यानका ३८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तु ११, नवलपरासी २, रुपन्देही ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जना कोरोना संक्रमित पुष्टि भएका छन् । उनीहरुमध्ये भक्तपुरका १, धनुषा ८, कपिलवस्तु ३९, काठमाडौं ४, महोत्तरीका ३५, रौतहटका ६, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको भने मृत्यु भइसकेको छ ।















प्रतिक्रिया