
काठमाडौँ, २३ जेठ । बाराको कलैया अस्पतालबाट २२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
शुक्रबार एक जना प्रहरीसहित २२ जना डिस्चार्ज भएका हुन् । उनीहरुको लगातार २ पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका संक्रमित हुन् । जेठ ९ गते, १० गते, १२ गते, १४ गते उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।
बारामा हालसम्म ७३ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ३४ जना डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, शुक्रबार बाराको बारागढी गाउँपालिकामा २ जना र विश्रामपुर गाउँपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनीहरु भारतबाटा आउका हुन् । उनीहरुको जेठ १६ गते स्वाब संकलन गरिएको थियो ।















प्रतिक्रिया