काठमाडौँ, २३ जेठ । प्रदेशमा ५ मा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये कपिलवस्तुका मात्रै ४४ जना रहेका छन् । अर्का एक जना चाँही गुल्मीका हुन् । कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं. ७ का ८ महिनादेखि ५२ वर्षसम्मका २९ जना रहेका छन् ।
त्यस्तै, महाराजगञ्ज १० का १३ जना र वडा नं. ९ का २ जना गरी १५ जना १६ देखि ४८ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यशोधरा गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय ३५ जना पुगेको छ । महाराजगञ्ज नगरपालिकामा संक्रमितको संख्या ६५ पुगेको छ ।
कपिलवस्तुमा पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ सय ७५ जना पुगेको छ भने ३२ जना निको भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस