
काठमाडौँ, २३ जेठ । सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई निको नभइ डिस्चार्ज गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ निर्देशिकाअनुसार निको नभए पनि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले शुक्रबार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २७, २०, २२ वर्षका तथा अछाम मेल्लेख गाउँपालिकाका ३२ बर्षका पुरुष र उनकै ११ वर्षीया छोरीलाई डिस्चार्ज गरेको हो ।
डिस्चार्ज गरेपनि घर पठाउने व्यवस्था नभएकोले अस्पतालकै बेडमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको कोभिड– १९ उपचार सम्बन्धि नयाँ निर्देशिकाकामा कुनै लक्षण नदेखिएका र १४ दिन आइसोलेसनमा बसिसकेकालाई डिस्चार्ज गर्न सकिने भनिएको छ । उनीहरुमा लक्ष्यण नभएकाले निर्देशिकाअनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
जेठ ७ गते भारतबाट आएका उनीहरुको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया