४ कार्तिक २०८३, बुधबार

यूएईबाट ल्याइए १६८ जना नेपाली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । यूएईबाट १ सय ६८ जना नेपाली लिएर एअर अरेवियाको जहाज काठमाडौँ आइपुगेको छ ।

आज साँझ ६ बजे त्रिवुभवन विमानस्थलमा जहाज आइपुगेको छ । आएका यात्रुलाई होल्डिङ सेन्टरमा लाने काम भइरहेको छ ।

उनीहरुलाई प्रदेशअनुसारको होल्डिङ सेन्टरमा १४ दिन राखेपछि सम्बन्धित जिल्लामा पठाइन्छ ।

यूएई सरकारले नै उक्त जहाजमार्फत नेपालीलाई ल्याइदिएको हो । जहाज अहिलै रित्तै फर्किनेछ ।