काठमाडाैं, २३ जेठ । नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तद्वारा नेपालमा अभिव्यक्ति स्वतन्त्रता खुम्चिएको भन्दै बुधबार जारी प्रतिवेदन आधारहीन भन्दै खण्डन गरेको छ ।
उच्चायुक्त कार्यालयले साइबर क्राइमको अभियोगमा पक्राउ गरी छाडिएका पूर्वसचिव भीम उपाध्यायका विषयमा बुधबार चासो राखेको छ ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा विभिन्न व्यक्तिमा साइबर क्राइमको मुद्दा लगाइएको, पत्रकारहरूमाथि भौतिक आक्रमण भएको पनि उच्चायुक्तको आरोप छ ।
उच्चायुक्तको आरोप खण्डन गर्दै परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी नेपालमा अभिव्यक्ति स्वतन्त्रतामा खतरा नभएको र संवैधानिक रूपमा ग्यारेन्टी भएको स्पष्ट पारेको छ ।
उच्चायुक्तको प्रतिवेदन तथ्यमा आधारित नभएको भन्दै परराष्ट्रले प्रतिवेदन सार्वजनिक गर्नुअघि यथार्थ जानकारी लिन पनि उच्चायुक्तलाई आग्रह गरेको छ ।
राष्ट्रसंघीय उच्चायुक्त मिचेल ब्याचलेटलाई उद्धृत गर्दै उच्चायुक्त कार्यालयले बुधबार वक्तव्य जारी गरेको थियो ।











प्रतिक्रिया