काठमाडौं, २९ फागुन । विवाह सकेर बुधबार साँझ बेहुलीसहित बेहुलाको घरतर्फ फर्कदै गरेको जन्ती घर नपुग्दै जिल्ला प्रहरी कार्यालय पुग्नुपरेको छ ।
धादिङ चैनपुरका ३९ वर्षीय चन्द्रबहादुर इटनीले दोस्रो विहे गरेको उजुरी परेपछि प्रहरीले बेहुला बेहुलीसहित जन्तीलाई पनि नियन्त्रणमा लिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
चन्द्रबहादुरविरुद्ध उनकै पहिलो श्रीमती सञ्जिताले उजुरी दिएकी थिइन ।
तर, प्रहरीले सोधपुछपछि सबैलाई छाडेको जनाएको छ ।
सम्बन्ध विच्छेदका लागि पहिलो श्रीमती सञ्जिताले जिल्ला प्रशासन कार्यालयमा मुद्धा हालेकी छिन् ।















प्रतिक्रिया