काठमाडौं, २९ फागुन । गरिबी निवारण कोषका कर्मचारीहरुले यातायत खर्चका नाममा फर्जी बिल पेस गरेर रकम दुरुपयोग गरेको भेटिएको छ ।
जिल्ला भ्रमणका नाममा उनीहरुले सवारी साधन रिजर्भ गरेको देखाई लाखौंको नक्कली बिल बनाएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त बिवरण अनुसार कार्य प्रवन्धक विक्रम कार्कीले काठमाडौं सिन्धुली यात्राको बिलमा एक लाख १८ हजार रुपैयाँ भुक्तानी लिएको कान्तिपुर दैनिकले छापेको छ ।
अर्का कार्य प्रवन्धक रमेशबहादुर थिङले काठमाडौं रामेछाप काठमाडौंको बिलवापत ५१ हजार बुझेका छन् ।
विपन्न जनताको जीवनस्तर उस्कान दातृ निकायले दिएको ऋण सहयोगको दुरुपयोग गर्दै कोषका कार्यकारी निर्देशक, वित्त महाप्रवन्धकदेखि जिल्लामा खटिने कार्य प्रवन्धकहरुले फर्जी बिलका आधारमा करोडौं खर्च देखाएका हुन् ।















प्रतिक्रिया