७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्रीले बालुवाटारमा बोलाए विज्ञ, लक डाउन खुकुलो बनाउने अभ्यासका लागि सुझाव

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । लक डाउनका कारण सतहमा सरकारको आलोचना हुन थालेपछि त्यसलाई खुकुलो बनाउनका निम्ति सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विविध क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ र जनस्वास्थ्य विज्ञसँगको छलफलमा लक डाउनको मोडालिटी परिवर्तन गरी खुकुलो बनाउने अभ्यासका विषयमा छलफल हुनेछ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरुको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरु सहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको छ ।