७ मंसिर २०८३, सोमबार

सप्तरीमा ८ राउन्ड गोली चल्यो, दुई समूहबीचको झडपमा १५ घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २१ जेठ । जग्गासम्बन्धी दुई पक्षको झगडाका क्रममा भएको झडपमा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा १५ जना घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको टोलीले ८ राउन्ड गोली हवाई फायर गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । झडपका क्रममा नै प्रहरी घटनास्थल पुगेपछि स्थिति सामान्य बनिसकेको जनाइएको छ ।