३ कार्तिक २०८३, मंगलबार

एमाओवादी आक्रमणपछि जिल्ला परिषद स्थगित, बाबुराम कि प्रकाशमान भन्ने विवाद कायमै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

गोरखा, २८ फागुन । एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई प्रमुख अतिथि नबनाएको भन्दै गोरखामा एमाओवादी कार्यकर्ताहरुले स्थानीय विकास अधिकारी एलडिओमाथि आक्रमण गरेपछि जिल्ला परिषद् अनिश्चित भएको छ ।

बिहीबारका लागि आह्वान गरिएको जिल्ला परिषद बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रमुख अतिथिका रुपमा भट्टराईलाई औपचारिक निम्ता नपाएको भन्दै एमाओवादीका नेता तथा कार्यकर्ताले बुधबार एलडिओ प्रेमराज गिरीमाथि कार्यालयमै आक्रमण गरेका थिए। एमाओवादीको आक्रमणपछि एलडिओ गिरीले भागेर ज्यान बचाएका छन् । एमाओवादीका गोरखाका अध्यक्ष लेखबहादुर थापाको नेतृत्वमा उपाध्यक्ष विष्णु भट्ट र हितमान सुर्खेती लगायत दर्जनभन्दा बढी नेता कार्यकर्ताहरुबाट एलडिओमाथि आक्रमण भएको हो ।

आक्रमण गर्न थालेपछि उनी भागेर गोप्य कोठामा गएका थिए । त्यहाँ चुक्कुल लगाएर बसे पनि बाहिरबाट फोड्ने कोसिस गरेका थिए, तर प्रहरीलाई बेलैमा खबर गरेका एलडिओमाथि थप आक्रमण रोकिएको थियो ।

गोरखाका निर्वाचित सभासद् एवं पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई नबोलाउन काँग्रेसले दबाब दिँदै आएको छ । भट्टराईको सट्टा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई बोलाउनुपर्ने काँग्रेसको अडान छ । एमाओवादी भने जसरी पनि प्रमुख अतिथि बनाउनुपर्ने पक्षमा उभिएको छ ।