काठमाडौं, २१ जेठ । पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबका परिक्षणमा कालिकामाईका ४ जना, सखुवाप्रसौनीका २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् । विन्दबासिनी गाउँपालिकाका संक्रमितलाई राति नै गण्डक कोभिड अस्पतालमा लगिएको छ ।
वीरगञ्जस्थित पीसीआर ल्याबमा मंगलबार तीन सिफ्टमा १ सय ५७ जनाको स्वाब परीक्षण गरिएको थियो । पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ ।











प्रतिक्रिया